चितवन राइनोजसँग विराटनगर पराजित


कास्की, ६ पुस । चितवन राइनोजसँग विराटनगर पराजित भएको छ ।साविक उपविजेता चितवन राइनोज पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडि नै प्लेअफमा स्थान बनायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे ।
विराटनगरका जितेन्द्र मुखियाको १९ औँ ओभरमा सन्नी पटेलले २७ रन बनाए । जसमा उनले तीन छक्का, एक चौका प्रहार गरे । बलिङमा पुनित मेहरा र मुहम्मद जेइद आलमले एक–एक विकेट लिए ।जवाफमा विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भयो । उसले ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सुनील धमला ५ रनमा आउट भए भने मुहम्मद जेइद आलम एक, कप्तान प्रदीप ऐरी ९ तथा नोमान खान १८ रनमा पेभेलियन फर्किए । त्यसपछि राजु रिजाल पनि मात्र एक रनमा आउट हुन पुगे ।यस्तै राजेश पुलामी मगरले खाता खोल्न सकेनन् । सातौँ विकेटका लागि लोकेश बम र पुनित मेहराबीच अर्धशतकीय साझेदारी भएको थियो तर पुनित २४ रनमा आउट भएपछि विराटनगरले एक सय १४ रनमा सातौँ विकेट खेर फाल्यो ।त्यसपछि लोकेश बम ६२ रनमा आउट भएपछि विराटनगरको आशा समाप्त भयो । बाँकी खेलाडी एकपछि अर्को गर्दै आउट भए । विराटनगरको पारीलाई ध्वस्त पार्न भुवन कार्कीले तीन तथा रोहन मुस्तफा र करण केसीले दुई–दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *