काठमाडौं, ३ पुस । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोजले बुटवल ब्लास्टर्स हराएको छ। पोखरा रंगशालामा आज भएको खेलमा चितवनले बुटवललाई ११९ रनले पराजित गरेको हो।२०४ रनको विजय लक्ष्य पछ्याएको बुटवल १८ दशमलव ४ ओभरमा अल आउट हुँदा ८४ मात्रै बनायो।बुटवलका लागि सिभम सिंहले सर्वा्धिक ३३ रन बनाए। त्यस्तै भीम सार्कीले २१ र हरि चौहानले १२ रनको योगदान गरे। चितवनका बलरका अगाडि बुटवलका अन्य ब्याट्सम्यान धेरै समय क्रिजमा टिक्न सकेनन्।बुटवललाई सस्तैमा समेट्न करन केसीले ४ विकेट लिए। त्यस्तै रोहन मुस्ताफाले २ विकेट लिए।यसअघि टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। चितवनका लागि रोहन मुस्ताफाले सर्वा्धिक ७० रन बनाउँदा उनी अभिजित रहे।त्यस्तै कप्तान पारस खड्काले ४० बलमा ६ चौका र २ छक्काको सहायतामा ६३ रन बनाए। आरिफ शेखले १९ बलमा ४० रन बनाए।यता बुटवलका लागि अफ्ताबुद्दीन अहमेदले २ विकेट लिँदा अभिनास बोहोराले १ विकेट लिए। खेलमा बुटवलको बलिङ फितलो देखिएको थियो। १७ रन वाइड फ्याँकेका वुटवलका बलरले २५ रन अतिरक्त खर्चिएका थिए।