सडक दुर्घटनामा ४ जनाको मृत्यु


काठमाडौं, ३ पुस । भारतीय बोलेरो जीप उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दार्जलिङबाट नेपाल घुम्न आएको एस के ०१ पी बी ३०६० नम्बरको भारतीय जीप बिहीबार दुर्घटनामा परेको हो । मृत्यु हुनेमा उदयपुर उदयपुरगढी गा.पा.३ घर भई हाल मोरङ पथरी शनिश्चरे न.पा.४ बस्ने ६१ वर्षीय टिक नारायण श्रेष्ठ, सोही ठाउँमा बस्ने ४७ वर्षीय ढक बहादुर मगर, ४७ वर्षीय मिन नारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठको भने कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जीपमा ८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान गणेश श्रेष्ठले जानकारी दिए । यसैगरी, दुर्घटनामा घाइते भएका मोरङ पथरी शनिश्वरे–४ बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मी प्रसाद राई र दार्जेलिङ बस्ने २८ वर्षीय पवन राईको टाउकोमा गम्भीर चोट लागेकोले विराटनगर नोबेलमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । सिक्किम बस्ने ४५ वर्षीय भूपाल राई र आशिष लिम्बूको कटारी अस्पतालमा उपचार हुँदै गरेको प्रहरीले बताएको छ । उनीहरूको अवस्था भने गम्भीर रहेको बताइएको छ । दुर्घटना के कारणले भयो यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *