लागुऔषध र हतियारसहित ४ जना पक्राउ


काठमाडौं, १ पुस । लागुऔषध कोकिन र हतियारसहित ४ जना पक्राउ परेका छन् । हतियारसहित तीन जना रौतहटबाट पक्राउ परेका हुन । बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।
यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर सिई २८०७२ बाक ४१ वर्षीया हेरेरा एर्टेगा ओल्गालाई मंगलबार बिहान पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनले बोकेको सुटकेसभित्र उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *