नवनियुक्त मन्त्रीहरु राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगतै पदभार ग्रहण गर्न सम्बन्धित मन्त्रालय पुगे


काठमाडौँ, ५ मङ्सिर । नयाँ नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगतै पदभार ग्रहण गर्न सम्बन्धित मन्त्रालय पुगेका छन । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएकी छिन । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई शपथ गराएकी हुन । सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन । शपथ लिनेमा उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर छन । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी थिन । विसं २०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको मन्त्रिपरिषदमा यसअघि पनि विभिन्न समयमा नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद हेरफेर गरेका हुन् । नयाँ नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपतिसँग सपथ ग्रहण गरेका छन् । सपथपछि पदभार ग्रहण गर्न सम्बन्धित मन्त्रालय पुगेका छन ।
यसैगरी, मन्त्रालयबाट बाहिरिँदै गर्दा पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नयाँ मन्त्री घनश्याम भुषाललाई स्वागत गरेका छन् । घनश्याम भुषाल पनि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए । उनलाई बधाई दिएपछि पूर्व मन्त्री खनालले भने ’हामी सदनमा पनि सँगैसँगै हुन्छौं । म नयाँ कृषि मन्त्री घनश्याम भुषाललाई सहयोग गर्छु ।’
यस्तै,नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन् । बिहिवार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन । नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट पाँचथरबाट निर्वाचित सांसद हुन् ।

यसमा तपाइको मत