कुवेतसँग नेपाल पराजित


काठमाडौं, ३ मंसिर । विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको छ । मंगलबार भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा पहिलो हाफमा ब्यहोरेको गोल खेलमा निर्णायक बन्दा नेपाल १–० पराजित बन्न पुगेको हो । खेलको २८ औं मिनेटमा गोल गर्दै कुवेतका बदेर अल मुटुवाले अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने नेपाल केही आक्रामक देखिएको थियो । नेपालले गोलका अवसरहरु पनि सिर्जना गरेको थियो।दशरथ रंगशाला निर्माण भइनसकेकाले नेपालको ’होम गेम’ भुटानमा सरेको थियो । फिफा वरीयतामा नेपाल भन्दा अगाडि रहेको कुवेतले सुरुबाटै खेलमा दवाव बनाएको थियो । नेपालले पनि खेलमा गोलको मौका बनाउन सके पनि त्यसलाई सदुपयोग गर्न सकेन।कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा छ । नेपालले समूह ’बी’ मा सबै ’अवे गेम’ खेलिसकेको छ । र, ’होम गेम’ दशरथ रंगशाला गराउने तय भएको भएपनि रंगशाल पुननिर्माण भइनसकेको अवस्थानमा भुटानमा खेल भएको हो । एएफसीको निर्देशनपछि एन्फाले नेपालको ’होम गेम’ भुटानमा हुनुपर्ने प्रस्ताव गरेको थियो । एन्फाको प्रस्तावलाई कुवेतको लविङको बावजुत एएफसीले स्वीकृत गरेको थियो । नेपाल रहेको समूहमा ४ खेल खेलको अस्ट्रेलिया शतप्रतिशत जित निकाल्दै १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । ५ खेलमा ३ जित १ बराबरी र १ हार ब्यहोरेको कुवेत दोस्रो स्थानमा छ । त्यस्तै ४ खेलमा २ जित १ बराबरी र १ हार ब्यहोरेका समान जोर्डन तेस्रो स्थानमा छ । नेपाल भने ५ खेलमा १ जित र ४ हार ब्यहोरेको तालिकाको चौथो स्थानमा छ । त्यस्तै ४ खेल खेलेर जितबिहीन चाइनिज ताइपेइ तालिकाको पुछारमा छ । समूह ’बी’ शीर्ष २ मा अटाउन कुवेत, अस्ट्रेलिया र जोर्डनको उच्च प्रतिस्पर्धा छ । त्यसमा पनि समान अंक जोडेका कुवेत र जोर्डनको प्रतिस्पर्धा अझ धेरै छ ।

यसमा तपाइको मत