नेकपाले देशव्यापी प्रशिक्षण अभियान चलाउने


काठमाडौं, ३ मंसिर । सत्तारूढ नेकपाले देशव्यापी प्रशिक्षण अभियान चलाउने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले बताएका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा मंगलबार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताए । वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने उनले दावी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन, अझै गर्नुपर्ने धेरै कुरा छन, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने हाम्रो दायित्व छ भने ।
यसैगरी, अध्यक्ष ‘प्रचण्ड’ मन्त्री मण्डल फेरबदल प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारको विषय भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले मन्त्रीहरूका विषयमा प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारितरप्रकाशित अनर्गल र भ्रामक समाचारको खण्डन गरेको छ ।‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,’ प्रचण्डको सचिवालयले भनेको छ,‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचार भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’केही दिनयता विभिन्न सञ्चारमाध्यममा ओली मन्त्रिपरिषदमा फेरबदल हुन लागेको समाचार निरन्तर प्रकाशित भइरहेका छन् ।
यस्तै, अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको दोस्रो स्मृति सभा मनाइएको छ । ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार बिहान आयोजित स्मृति सभामा प्रचण्डका परिवार र केही नातेदारमात्र उपस्थित थिए । यसअघि स्मृति सभामा भने प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीगण, उच्च नेताहरू तथा नेकपाका नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *