टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा ७ नेपाली क्रकेटर

काठमाडौं, २ मंसिर । टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा ७ नेपाली क्रकेटर समावेश भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका हुन । ड्राफ्टमा पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी छन् । सात जना नै सिल्भर क्याटागोरी (विदेशी) मा समावेश भएका छन् । यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ । क्यानले सिफारिस गरेका पाँच खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन् । बलर करण केसी, अलराउन्डर पवन सर्राफ र स्पिनर ललितनारायण राजवंशी समावेश गरिएका छैनन् । यद्यपी ड्राफ्टको इमर्जिङ क्याटागोरीको ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने विदेशी खेलाडीको ’प्लाटिनम’ श्रेणीमा परेका थिए । यो क्याटागोरीको मूल्य १ लाख ४७ हजार डलर देखि २ लाख १८ हजार डलर छ । ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन् । पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ । ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ । एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ । आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि आगामी डिसेम्बर ६ र ७ मा ’ड्राफ्ट’ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *