नेपाल बंगलादेशसँग ८ विकेटले पराजित


काठमाडौं, २ मंसिर । नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । इमर्जिङ टिम्स एसिया कपमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए । नेपालका लागि कप्तान मल्लले २२ रन, कुशल भुर्तेलले १० रन बनाउँदा हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पभेलियन फर्किए। त्यस्तै दीपेन्द्रसिंह ऐरी पनि ६ रन बनाउदै आउट भए भने मोहम्मद आरिफ शेख २० दशमलव ४ ओभरमा ११ रन बनाउँदै पभेलियन फर्किए। त्यसलगत्तै आएका सन्दीप जोराले रन जोडन सकेनन्। उनी २१ दशमलब ३ ओभरमा आउट हुन पुगे । लगत्तै बिनोद भण्डारी पनि ८ रन बनाएर आउट भएसँगै नेपाल ८५ रन बनाएर ८ विकेट गुमाएको अवस्थामा थियो । त्यसपछि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरे। करण केसी १८ रन बनाउँदै आउट हुँदा सोमपाल कामीले सर्वा्धिक ३८ रन बनाए । त्यस्तै सुशन भारी १ रनमा नटआउट रहे । पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो । जितसँगै बङ्गलादेश समूह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *