गिरफ्तार गरिएका नेता–कार्यकर्ता विनाशर्त रिहाई गर्न माग

काठमाडौँ, २ मंसिर । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाले गिरफ्तार गरिएका नेता–कार्यकर्ता विनाशर्त रिहाई गर्न माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फरक राजनैतिक आस्था राखेकै कारण सरकारले नेकपा र सो पार्टी निकट जनवर्गीय संगठनका नेताकार्यकर्तालाई गिरफ्तार, धरपकड र यातना दिएको बताएका छन ।सरकारद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टी र संगठनका नेताकार्यकर्तालाई विनाशर्त रिहाईको माग समेत गरेका छन् । अध्यक्ष विश्वकर्माले कात्तिक २६ गते बाजुराको हिमाली गाउँपालीकाको विक्षु गाउँबाट संगठनको कामको सिलसिलामा खटिरहेका मोर्चाका सचिवालय सदस्य बीरबहादुर तिरुवालाई गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । नेकपामाथि दमन गरेर विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको भन्दै वर्तमान सरकार बास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको अध्यक्ष विश्वकर्माको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पार्टीका नेता–कार्यकर्तालाई स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकारबाट समेत वञ्चित गरी सरकारले व्यापक दमन बढाएको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपा दाङका सेक्रेटरी रतनले प्रेस विज्ञप्ति जारी गरी घरायसी काममा हिँडिरिहेका जिल्ला सदस्य निमबहादुर डाँगीलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरे सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
सेक्रेटरी रतनको विज्ञप्तिमा भनिएको छ, सरकार यतिवेला नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध निर्ममतापूर्वक अगाडि बढिराखेको छ । हाम्रा नेता–कार्यकर्ता गिरफ्तार गर्ने, धरपकड गर्ने, झूट्टा मुद्दा लगाउने र व्यक्तिहत्यामा समेत उत्रिएको कुरा कमरेड कुमार पौडेल, कमरेड राजुलगायत कमरेडहरूको निर्ममतापूर्वक गरिएको हत्याले पुष्टि गरिसकेको छ ।’ रतनले अगाडि भनेका छन, ‘यसै क्रममा हाम्रो पार्टीका दाङ जिल्ला सदस्य कमरेड निमबहादुर डाँगीलाई यही कात्तिक ३० गते घरायसी कामकाजको सिलसिलामा बबई गाउँपालिकाको ट्वाङखोलामा मोटरसाइकलमा हिँडिरहेको अवस्थामा स्वतन्त्र रूपले हिँडडुल गर्न पाउने अधिकारसमेत वञ्चित गर्दै सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरी गैरन्यायिक ढङ्गबाट हिरासतमा राखेकाले यस कार्यको घोर भत्र्सना गर्दै निःसर्त रिहाइको माग गर्दछौँ । अन्यथा सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ । यसबाट निस्कने परिणामको जिम्मेवार स्वयम् सरकार नै हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *