सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको दावी भारतीय हस्तक्षेपका विरुद्ध देशैभरी प्रदर्शन जारी

काठमाडौँ, २ मंसिर । सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दावी गरेका छन । चाँगुनारायणमा सोमबार चुनावी कार्यक्रममा उनले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताए । जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने उनले बताए । उनले २१औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अङ्कित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको भनाइ राखे । खनालले भने, “आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन, अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ ।
यसैगरी, भारतीय हस्तक्षेपको विरुद्ध देशैभरी प्रदर्शन जारी छ । भारतले प्रकाशित गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भू–भाग समावेश गरेपछि देशैभरी विद्यार्थीहरुले प्रदर्शन शुरु गरेका हुन । यसैबीच अखिल क्रान्तिकारीले सोमबार मेचीकोशी ब्युरो अन्तर्गत सुनसरीको इटहरीमा बृहत प्रदर्शन गरेको छ । इटहरीको जनता कलेजबाट शुरु भएको बिरोध ¥याली बिराटनगर बसपार्क हुँदै इटहरी मुख्य सडक बिपि चोकमा पुगी कोणसभामा परिणत भएको थियो । बिरोध ¥यालीमा सुनसरीका विभिन्न कलेजबाट ५ सय भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । कोणसभामा अखिल (क्रान्तिकारी) सुनसरीका बिजय ताजपुरियाले आफ्नो अन्तिम सास रहदासम्म देशको लागि योगदान दिने भन्दै क्रान्तिकारीले देश बेच्ने दलाल तथा भ्रष्ट सरकारको विरुद्ध कडा आन्दोलन गर्ने बताए । अखिल (क्रान्तिकारी)ले यसअघि कैलालीको धनगढि, बाँके, कपिलबस्तु, झापा लगायतका ठाँउमा भारतीय हस्तक्षेपको विरुद्ध प्रदर्शन गरेको र उक्त प्रदर्शन जारीरहने अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले जानकारी दिएका छन् ।
यसैगरी, भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समावेश गरेपछि नेपालमा प्रत्येक दिन त्यसको विरोध भइरहेको छ । सीमा अतिक्रमणका विरुद्ध हरेक दिन कुनै न कुनै प्रकारका विरोधहरू भइरहेका छन् । जनपक्षीय सञ्चारमाध्यमहरुमा राष्ट्रियता रक्षाका विषयमा सिर्जनाहरु प्रकाशित–प्रसारित भइरहेका छन् । शासकहरूबाहेक मुलुकको सिङ्गो जनमत राष्ट्रिय रक्षाका लागि उभिएको छ ।यसै सन्दर्भमा काठमाडौँमा केही स्रष्टाले सडकमा उभिएर राष्ट्रवादी कविता र गीत वाचन गरेका छन् । स्रष्टाहरूले गीत र कविताको माध्यमबाट सीमा अतिक्रमणको विरोध गरेका हुन् । काठमाडौँको रत्नपार्कमा जम्मा भएर स्रष्टाहरूले भने ः
छोड् हाम्रो भूमि छोड्,नालापानी छोड्,हाम्रो लिम्पियाधुरा छोड्,सुस्ता पनि छोड्,हाम्रो सबै भूमि छोड् ।स्रष्टाहरूले गीत÷कविताको माध्यमबाट भारतीय साम्राज्यवादी अतिक्रमणको विरोध गरेका छन् । उनीहरूले हाम्रो देशको सीमा एक इन्च पनि कसैले मिच्न नपाइने बताए । स्रष्टाहरूले इतिहासमा सधैँ स्वाधीन रहेको मुलुक स्वाधीतना र राष्ट्रियताको रक्षाका लागि सदैव लड्न तयार छ भन्ने सन्देश दिए । कार्यक्रममा कवि विमल निभा, स्नेह सायमी, सीता शर्मा, नन्दु उप्रेती, शोभा दुलाललगायतले कविता सुनाएका थिए भने कर्ण परियारलगायतले गीत सुनाए ।स्रष्टाहरूको उक्त विरोध कार्यक्रममा सीमाविद् हिरण्यलाल श्रेष्ठले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना तत्काल हटाउन माग गरे । स्वाधीन र सार्वभौम मुलुकमा भारतीय हस्तक्षेप स्वीकार्य नहुने भन्दै श्रेष्ठले भारतले हस्तक्षेप बन्द गर्नुपर्ने बताए । स्रष्टाहरूले अतिक्रमित नेपाली भूमिबाट भारतीय सेना फिर्ता नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *