प्रधानमन्त्री ओलीद्वारा भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन युवा संघले आइतबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा गरेका हुन । प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । उनले आफ्नो एक इन्च भूमि पनि मिच्न नदिने अडान दोर्होयाए । उनले भने, ’सरकारले आफ्नो एक इन्च भूमि मिच्न दिदैन । अरुको जमिन अतिक्रमण गर्नु पनि छैन । हाम्रो जमिनमा सेना नराख्नुस् ।’प्रधानमन्त्री ओलीले संवादको माध्यमबाट समस्या समधान गरिने बताएका छन् । सरकारले भारतीय फौज हटाउने र भूमि फिर्ता गर्ने दावी गरेका छन । प्रधानमन्त्री ओलीले कतिपयले नक्सा सच्याउनुप¥यो भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ ।’उनले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको बताए । ‘यो सरकारले आफ्नो भूमि एक इन्च मिच्न दिँदैन । नेपालीलाई अरूको जमिन पनि चाहिँदैन,’ उनले भने । सीमा विवाद वार्ताबाटै समाधान गर्न चाहेको पनि उनले बताए । ‘छिमेकीसँग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने छैन । राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ ।’प्रधानमन्त्री ओलीले राष्ट्रियता र सीमाका विषयमा अहिले कुरा उठिराखे पनि यो नयाँ नभएको बताए ।‘अहिले राष्ट्रियता र सीमाको कुरा उठेको छ । तर यो नयाँ कुरा होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘कालापानीमा यतिबेला भारतले फौज राखेको होइन । उहिले राखेको हो । सीमा अहिले मिचेको होइन । अहिले भएको हो कि भनेर केहीले उचाल्न खोजेका छन् ।’भारतले राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि विरोधमा जनता सडकमा उत्रिएको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल र संघसंस्थालाई राष्ट्रियतामा एकजुट भएकोमा धन्यवाद दिए ।‘राष्ट्रियताको प्रश्नमा जनता एक देखिए । जागरूक देखिए । सजक देखिए । हाम्रो देशको भूमिको रुक्षा हुनुपर्छ भन्ने देखियो यो खुसीको कुरा हो,’ उनले भने, ‘म खुसी छु । धन्यवाद दिन चाहन्छु । सडकमा उत्रिएर गरेको विरोधले सरकारलाई बल नै पुगेको छ ।’उनले सीमा विवादका कुरा केहीले उचालेको पनि आरोप लगाए ।‘कतिपयले अतिरिक्त देशभक्त देखाउन उचालेका छन् । अहिलेको सरकार नेपाली जनताको देशभक्त सरकार हो,’ प्रधानमन्त्री ओलीले भने । भारतले पछिल्लो समय नपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् । यसअघि नेपालमा भारतीय कदमको चर्को विरोध हुँदै आएको छ । ‘
यसैगरी,नेपाली कांग्रेसले अतिक्रमित भूमि फिर्ता र सीमा विवाद हल गर्न प्रधानमन्त्रीले एक्सन चाल्नुपर्ने बताएको छ ।आइतबार प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवाद हल गर्न प्रधानमन्त्रीले तत्काल एक्सन थाल्नु पर्ने बताएका हुन । सीमा विवाद हल गर्न कांग्रेसले तीन सुझाव पनि दिएको छ । शर्माले भारतसँग तत्काल उच्चस्तरीय संवाद अघि बढाउन आग्रह गरेका छन् । नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्टता राख्न र भारतीय सुरक्षा बल नेपाली भूमिबाट फिर्ता पठाउन पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । ‘देश सरकारसँग कालापानी प्रकरणमा रियाक्सन होइन एक्सन प्रतिक्षा गरिराखेको छ,’ शर्माले ट्वीट गरेका छन ।
यसैबीच, सीमा अतिक्रमणको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेको नेविसंघ कार्यकर्तामाथि प्रहरीले लाठी र बुट प्रहार गरेको छ । कालो बेलुन र कालो ब्यानरसहित राष्ट्रिय झण्डामा प्रदर्शन गर्न पुगेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरी लाठी र बुट प्रहार गरेको हो । प्रहरीले ६ जना विद्यार्थी नेतालाई पक्राउसमेत गरेको छ । उनीहरुलाई अपराधीलाई झैं हत्कडी लगाएर लगेको नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आरोप लगाए । विद्यार्थी नेताहरु कृष्ण पुडासैनी, नवराज त्रिपाठी, मनिष सिम्खडा, सरोज थापा, सन्तोष पाण्ड र दीपेश ओझा पक्राउ परेका हुन् । जसमध्ये पुडासैनी गम्भीर घाइते भएको काफ्लेले बताए ।
यता, भक्तपुरमा समेत दैनिक रुपमा भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही दिन अघि भक्तपुरका विद्यालयमा भारतले सीमा अतिक्रमण गरेको विरुद्ध कविता वाचन गरिएको थियो । आज भने संस्थागत विद्यालय संघ (इसान) को आयोजनामा को आयोजनामा भक्तपुरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । भक्तपुरका विभिन्न विद्यालयबाट सयौंको संख्यामा विद्यार्थीहरु मार्चपासमा सहभागी भएका थिए । विद्यार्थीका साथै विद्यालयका शिक्षक र अभिभावक समेत सहभागी भएको ¥यालीमा दत्तात्रयबाट सुरु भएर टौमढीमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रदेश ३ का सासंद सुरेन्द्र गोसाइले विद्यार्थीहरुलाई भारतले सीमा अतिक्रमण गरिहरहेको विषयबारे जानकारी दिएका थिए । सिक्किम भन्ने देशलाई भारतले आफ्नो प्रान्त बनाइसकेको र अगल पहिचान बोकेको जम्मू कश्मिरलाई टुक्राएको भन्दै मोदी सरकारले नेपाललाई पनि आफ्नो प्रान्त बनाउने प्रयास गरेको बताएका थिए । पूर्खाले कालापानीका लागि लडेको अवगत गराउँदै उनले अब सबै मिलेर भारतको अतिक्रमण सोचविरुद्ध लड्नु पर्ने बताए । विद्यार्थीहरुलाई भारतले सीमा अतिक्रमण गरिरहेको बारेमा सचेत गराउन आजको कार्यक्रम आयोजना गरिएको इसानले जनाएको छ ।
यस्तै, विश्वभरका नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले संस्थागत रूपमै भारतको उक्त कदमको कडा शब्दमा आलोचना गरेको छ । भारतीय पक्षबाट भएको सीमा अतिक्रमणविरुद्ध उभिएको एनआरएनले आफू मातहतका ‘राष्ट्रिय समन्वय परिषद्’लाई भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन परिपत्र जारी गरिसकेको छ ।नेपाल–भारत सीमा विवादबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको एनआरएनका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *