नेपालले जित्यो महिला भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं, २८ कात्तिक । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो । नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि जितेका हुन । नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको हो ।नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले जित्यो । उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाएन । समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो । नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो । नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक हो । महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *