टिम्स कपमा नेपाल समूह ‘बी’ मा

काठमाडौं, १९ कात्तिक । कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन् । एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन् । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाली राष्ट्रिय टिमका अलराउन्डर पारस खड्का र लेगस्पिनर सन्दीप लामिछानेले नखेल्ने भएका छन् । दुवै खेलाडीले युएईमा हुने टी–१० लिग खेल्नका लागि नेपाली राष्ट्रिय टिमको खेल गुमाउने भएका हुन् । टी–१० लिग र इमर्जिङ टिम्स कप एकै समयमा पर्दा दुवैले टी–१० लिग रोजेका हुन् ।’दुवै खेलाडीले टी–१० का लागि नो अब्जेक्सन लेटर (एनओसी) मागेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए । एसिसी इमर्जिङ टिम्स एक साताअघि मात्र खेल्ने पक्का भएको हो । उनिहरुले त्यसअघि नै टी–१० लिग खेल्ने प्रशिक्षकलाई जानकारी गराएका थिए । ’कात्तिक २९ गतेदेखि युएईमा हुने टी–१० लिगमा पारस टिम अबुधावीमा आबद्ध भएका थिए । उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्। पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर मोइन अली छन्। सन्दीप कर्नाटकामा आबद्ध भएका थिए । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए । गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४५ हजार डलरमा आबद्ध भएका थिए। प्रतियोगिता युएई अबुधावीको शेख जायद क्रिकेट रंगशालामा १० दिन चल्नेछ । १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ । लिगमा कर्नाटका, टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत