इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लबसँग नेपाल पराजित


काठमाण्डौ, १७ कात्तिक । इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लबसँग नेपालको यू–१९ क्रिकेट टिम ३८ रनले पराजित भएको छ । भारतमा हुने च्यालेन्जर्स ट्रफी खेल्न जाने नेपाली यू–१९ टिमले एमसीसीसँग खेलेको हो । एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो ।नेपालका लागि विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५१ रन बनाए भने कप्तान ऋत गौतम ४३ रनमा आउट भए । नेपालका लागि अरुण ऐरी र आकाश चन्दले ३०–३० तथा खडक बोहराले २५ रन जोड्दा लोकेश बम १४ रनमा पेभेलियन फर्किएका थिए । विशाल केसीले १३ रन, कुशल मल्लले ६ तथा प्रतिश जिसीले ४ रनको योगदान गरेका थिए । अन्तिमसम्म क्रिजमा शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे । एमसीसीसँग सोमबार नेपालको सिनियर टिमले एक दिवसीय प्रतियोगिता खेल्ने छ ।

यसमा तपाइको मत