महराको पक्षमा बहस गर्न ३० जना वकिल नियुक्त


काठमाडौँ, १७ कात्तिक । पूर्व सभामुख कृष्णबहादुर। महराले आफ्नो पक्षमा बहस गर्न ३० जना वकिल नियुक्त गरेका छन । जसमा पूर्व महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, शेरबहादुर केसी रहेका छन । वरिष्ठ अधिवक्ता र आफू सहित २५–३० जना वकिल महरा पक्षमा नियुक्त भएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । यसैगरी,काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरी रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गर्ने छन् । सरकारी वकिलको बहस सकिएपछि महरापक्षका वकिलले बहस गर्नेछन । महराको आइतबारबाट सुरु थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको छ । काठमाडाँै जिल्ला अदालतमा पूर्व सभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा बहस सुरू भएको हो । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४(३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । महराको बयान गत शुक्रबार सकिएको थियो । बयानमा उनले पीडितको घर नजिकै पुगेको तर पीडितलाई भने नभेटेको बताएका छन ।

यसमा तपाइको मत