बिभिन्न दुर्घटनामा ५ जनाको मृत्यु


काठमाण्डौ, १६ कात्तिक । सप्तरी, कञ्चनपुर, काभ्रेपलाञ्चोक र झापामा भएको बिभिन्न दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा शनिबार यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिए । काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु१ख ८२१४ नंको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना८ ख५९०३ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
यसैगरी,कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस शनिबार दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् भने ३६ जना घाइते भएका छन् । बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।
यस्तै, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर शनिबार दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

यसमा तपाइको मत