मंसीर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पाटीले आइतबार उम्मेदवार टुंगो लगाउने


काठमाडौं, १६ कात्तिक । मंसीर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पाटीले आज उम्मेदवार टुंगो लगाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको उम्मेद्वार आइतवार तय गर्ने भएको हो । सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन । शनिबार बसेको सचिवालय बैठकमा केन्द्रमा मातहतका कमिटीबाट सिफारिस भएका उमेद्वारहरुको प्रारम्भिक छलफल भएको र आइतवारको बैठकले उम्मेद्वारको टुंगो लाग्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ’पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेद्वारका नामबारे प्रारम्भिक छलफल भएको छ । उनले भने, ’ न्युनतम ३ जनाको नाम पठाउन भनिएको थियो । कहीँबाट एक जना, कतैबाट २–३ जनाको नाम सिफारिस भएर आएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो । प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो । सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो । ‘अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौँ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता श्रेष्ठले भने आइतबार बस्ने बैठकबाट प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौँ ।’आइतबार बस्ने सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको चयन गर्ने नेकपाको तयारी छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बाहिर आएको जस्तो गम्भीर नरहेको बताएका छन । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था गम्भीर नभएकोे बैठकमा जानकारी गराएको पनि प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काम पनि सुरु गरेको बताएका छन । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आउन एक महिना पनि समय बाँकी नहुँदा प्रमुख दलहरुले भने उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरेका छन् । उम्मेदवारीकै विषयमा छलफल गर्न काँग्रेसले पनि आइतबार नै पदाधिकारी बैठक बोलाएको छ ।

यसमा तपाइको मत