क्याट क्विन्ससँग विराटनगर टाईटन्स पराजित


काठमाडौं, ५ कात्तिक । क्याट क्विन्स काठमाडौंसँग विराटनगर टाईटन्स ९ विकेटले पराजित भएको छ । जितसँगै क्याट क्विन्स वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाईनलमा प्रवेश गरेको हो ।अब आगामी बिहिबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर टाईटन्सले दिएको ६९ रनको सामान्य लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ ओभर ५ बलमा मात्र विकेट गुमाएर पूरा ग¥यो । काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन । विराटनगरलाई समेटन काठमाडौंकी कप्तान रुविना क्षेत्रीले ४ विकेट लिएकी थिइन् । प्रतियोगिताको बिजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *