बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु धमाधम बिरामी पर्न थाले

पोखरा, २ कात्तिक । दक्षिण एसियाली खेलकुद (साग)का लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु धमाधम बिरामी पर्न थालेका छन । पोखरामा सार्कको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका उनीहरु बिरामी पर्न थालेका हुन । पोखरामा हाल सार्कको तयारीका लागि ८ वटा खेलको बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ । आठैवटा खेलहरु पोखरामा खेलाइदै छ । जसमध्ये पदक आउने बढी सम्भावना भएका चारवटा खेलहरु छनः आर्चरी, महिला ह्याण्डबल, ब्याडमिन्टन र प्याराग्लाइडिङ। सार्कमा खेलाइने सबै खेलहरुमध्ये टिम तर्फको खेलमा पदकको आशा गरिएको खेल भने ह्याण्डबल हो । त्यही ह्याण्डबलका मुख्य खेलाडीहरु अहिले अस्पतालको बेडबाट छन । महिला ह्याण्डबल खेलकी प्रशिक्षक बिन्दा थापा भन्छिन, ’हाम्रो लागि यो सार्क चुनौती र अवसर पनि हो । हाम्रो टिमका कतिपय खेलाडीहरु बिरामी भएका कारण मनमा अनेकौँ कुरा खेल्न थालेको छ ।’ पदकको आशा गरिएको यो खेलका मुख्य खेलाडीहरु धमाधम बिरामी पर्दा चुनौती थपिएको छ । महिला टिमकी मुख्य गोलकिपर देवकुमारी बास्कोटा ‘एङ्कल क्र्याक’ भएर काडमाडौंमा उपचार गराइरहेकी छिन । उनले खेल्न नसकेको अवस्थामा मेडलको बारेमा केही भन्न नसकिने बताइन । प्रशिक्षक थापाले भनिन, ’देवकुमारीको अवस्थाको बारेमा प्लास्टर खोलेपछि मात्रै थाहा हुन्छ तर पनि हामी आशावादी छौं । उनले चाडै नै टिममा सहभागिता जनाउछिन ्।’ उनको बन्द प्रशिक्षणको क्रममा फिजिकल असावधानी भएका कारण र खेल्ने ग्राउण्डका कारणले गर्दा पनि समस्या आएको थापाले बताइन । प्ले मेकरको रुपमा रहेकी मुख्य खेलाडी बुटवलकी अर्चना न्यौपाने पनि अहिले पोखराकै रिजनल अस्पतालमा उपचाररत छिन । बिरामी नै भए पनि अर्चनाले चाँडै निको भएर खेलमा सहभागी बताएकी छिन् । उनी डेंगुबाट संक्रमित भएकी हुन् । उनी अस्पतालमा उपचारार्थ भर्ना भएको चार दिन भएको छ । यस्तै सोही अस्पतालमा ह्याण्डबलकै पुरुष टिमका भरपर्दा एक मात्रै खेलाडी सन्दीप कार्की पनि रहेका छन् । उनले पनि छिट्टै निको भएर खेलमा फर्कने इच्छा राखे । उनी भन्छन, ’म भित्रबाट ठीक छु त्यसैले जे भए पनि चाँडै खेलमा फर्कने छ ु।’उनी लेफ्ट विङ्सबाट खेल्छन् । आवश्यक परेको बेला खेललाई परिवर्तन गर्न सक्ने खुबी उनमा रहेको छ । टिम मेनेजर शान्ति थापा भन्छिन, ’सन्दीप सामान्य खेलाडीमात्रै होइन आवश्यक परेको बेला सबै टिमलाई नै परिवर्तन गर्न सक्ने खेलाडी हुन् ।’ उनी गत भदौ १३ गते टाइफोइडका कारण कास्की सेवा अस्पतालमा भर्ना भएर १७ गते डिस्चार्ज भएका थिए । आरामको अभावका कारण उनको ज्वरो पुनः बल्झियो र अहिले फेरि अस्पतालमा भर्ना भएका छन् । नेपाल ह्याण्डबल संघका केन्द्रीय सचिव तथा सार्क पोखराका मिडिया कोअर्डिनेटर केशव पाठकका अनुसार ग्राउड र मौसमका कारण ह्याण्डबलका अधिकतम खेलाडीहरु कुनै न कुनै खालको समस्याबाट पीडित भएका छन् । उनी भन्छन, ’रंगशालामा हुने धुलोका कारण अधिकतम खेलाडीहरुमा रुघाखोकी र छातीको समस्या देखिएको छ भने कतिपयको खेल्ने मैदानको फिनिसिङ राम्रो नहुँदा खुट्टामा चोट लागेको छ ।’बक्सिङको बन्द प्रशिक्षणमा पोखरा आएका खेलाडीहरु मध्ये केही आएको दिनदेखि नै बिरामी भएकाले बन्द प्रशिक्षणमा सहभागी हुन सकिरहेका छैन् । बक्सिङको बन्द प्रशिक्षणमा रहेका तीन जना खेलाडी मौसमी भाइरल तथा खानपानको कारण बिरामी परेको र केहि प्रशिक्षण स्थलमा सामान्य चोट पटक लागेर बेड रेस्टमा रहेको मुख्य प्रशिक्षक प्रकास थापामगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *