चितवन राइनोजसँग पोखरा पल्टन पराजित


काठमाण्डौ, २ कात्तिक । चितवन राइनोजसँग पोखरा पल्टन पराजित भएको छ । महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) टी–२० क्रिकेटमा पोखरा पल्टन चितवन राइनोजसँग सात विकेटले पराजित भएको हो । हारपछि पोखराको प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । यो जितसँगै लगातार तीन खेल जितेको चितवन राइनोज भने प्लेअफमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुर मैदानमा पोखराले दिएको एक सय २८ रनको लक्ष्य चितवनले १८ दशमवल १ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् । पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले ७१ रनको साझेदारी गरे । कञ्चनले २९ रन बनाइन् । त्यस्तै इन्दु बर्माले २४ रन जोडिन् । बलिङतर्फ अञ्जली चन्दले दुई विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । पोखराका लागि कप्तान सीता रानामगरले सर्वा्धिक ६५ रन बनाएकी थिइन् । १७ रन बनाउँदा दुई विकेट गुमाएको पोखराका लागि कप्तान सीता रानामगर र शिला क्षेत्रीले टिमलाई केही उकास्ने प्रयास गरेका थिए ।चितवनका लागि ४ ओभर बलिङ गरेकी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *