क्वालिफायरको लागि नेपाली टोली छनोट


काठमाडौं, २ कात्तिक । च्याम्पियनशिप २०२० क्वालिफायरको लागि नेपाली टोली छनोट भएका छन । क्वालिफायरका खेलहरु नोभेम्बर ६ (कात्तिक २० गते) बाट शुरु हुनेछन् ।आगामी एएफसी यू–१९ च्याम्पियनशिप २०२० क्वालिफायरको दोस्रो चरणका लागि नेपाली टोलीबाट ३१ खेलाडी छनोट भएका हुन । नेपाली यू–१९ टोलिका मुख्य प्रशिक्षक मेघराज केसीले आज ४८ जनाको अघिल्लो टोलीबाट ३१ खेलाडीमा घटाएका हुन् । क्वालिफायरका खेलहरु नोभेम्बर ६ (कात्तिक २० गते) बाट शुरु हुनेछन् । नेपाल रहेको ग्रुप ’डी’मा युएई, इरान र किर्गिस्तान रहेका छन् ।
नेपाली टिममा गोल किपरमा बिशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना रहेका छन । डिफेन्डरमा बिशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, अन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, बिजय श्रेष्ठ र निराजन महर्जन रहेका छन । मिडफिल्डरमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिश थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेमजन रहेका छन भने फरवार्डमा बृजेश चौधरी, निराज चौधरी, मनिश डांगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आलेमगर रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *