अवैध धन्दा गर्ने ४ जना पक्राउ


काठमाण्डौं, २ कात्तिक । अवैध धन्दा गर्ने ४ जना काठमाण्डौ, पर्सा र बाराबाट पक्राउ परेका छन । प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जनालाई काठमाण्डौ महानगरपालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका–४ घर भई काठमाण्डौ महानगरपालिका– १५ ठुलो भ¥याङ बस्ने २३ वर्षीय शरण थापामगर र नुवाकोट सुर्यगढी गाउँपालिका–३ घर भई काठमाण्डौ नागार्जुन स्विचाटार बस्ने ४१ वर्षीय राम तामाङलाई पक्राउ गरेको हो । बिहीबार बा. ४२ प. ९८६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र पाटे बाघको छाला बोकेर हिँडिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सशस्त्र प्रहरीले पर्सा र बाराबाट झण्डै २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ८ किलो ८ सय ८० ग्राम चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेको हो । सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनीलाई चाँदीका गरहगनासहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका– १६ स्थित रजतजयन्ती ईलाका क्षेत्रबाट शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । ‘चाडवाडको मौसम छ, झोलामा पटाका लुकाएर ल्याउन सक्छन् भनेर चेकजाँचमा कडाइ गरिरहेका छौं,’ उनले भने, ‘ त्यही क्रममा एउटा अटो रिक्सामा आउँदै गरेका सहनीले बोकेको आलुको झोला चेकजाँच गर्दा चाँदी जस्तै देखिने मिश्रित चाँदीका गरगहना भेटिएको खत्रीले जानकारी दिएका छन ।
त्यस्तै सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ क्षेत्रबाट १९ किलो १ सय ग्राम चाँदीका गरगहनासहित अर्का एक जनालाई पक्राउ गरेको छ । बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साहलाई चाँदीका गरगहनासहित पक्राउ गरिएको हो ।मोटरसाइकलमा आलुको बोराभित्र मिश्रित चाँदीको गरगहना ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको सिम्रौनगढ नगरपालिका ७ सतुअही नाकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागञ्जका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्लले जानकारी दिए । बरामद गरिएको चाँदी सहित अभियुक्तद्वयलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *