१ लाख नगदसहित ७ जुवाडे पक्राउ


दाङ, २ कात्तिक । १ लाख १३ हजार ५ सय नगदसहित घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्कबाट ७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज पौडेल, घोराही १६ का ३० बर्षीय शिव केसी, घोराही १२ का २० बर्षीय रविन थापा, घोराही १५ निवासी २७ बर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ बर्षीय भक्त केसी रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा शुक्रवार बेलुका पौने ११ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ ताससहित बरामद गरिएको डिएसपी शाहले बताए । पक्राउ परेकालाई जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *