सफाइ अभियान देशव्यापी


विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान ३३६औँ हप्तामा पुगेको छ । वाग्मती सफाइ अभियान शुरु भaएपछि यसका सहायक नदी र चक्रपथ सफाइ अभियान पनि आरम्भ भएको छ । उपत्यकाबाट शुरु भएको सफाइ अभियानले हाल देशव्यापी स्वरुप ग्रहण गरिसकेको छ । मिश्रको सभ्यता नाइल नदी र सिन्धु सभ्यता सिन्धु नदीको किनारबाट भए जस्तै नेपालको सभ्यता पनि बाग्मती नदीको किनारबाट भएको मानिन्छ । त्यसैले बाग्मतीसँग मानब सभ्यता जोडिएको छ । बाग्मती नदीलाई गंगा नदी भन्दा सय गुणा पवित्र मानिन्छ । शास्त्रमा बाग्मती नदीलाई महानदीमा गणना गरेको पाइन्छ । काठमाण्डौ उपत्यका स्थित वाग्मती नदी प्रणालीलाई जीवन्त वनाई समग्र वातावरणीय विकास गर्ने उद्देश्य अनुरुप २०५२ साल मंसिर ६ गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिको गठन भएको थियो । काठमाडौं उपत्यका भित्र बाग्मती र यसका सहायक नदी नालाहरुलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्नु यस समितिको मुख्य उद्देश्य रहेको छ । समितिले बाग्मती नदीको किनारामा बहाब क्षेत्र कायम हुनेगरी पुर्वाधार निर्माणका कामहरु जस्तै ढल निर्माण, सडक निर्माण, हरित क्षेत्र निर्माण, तटबन्ध निर्माण तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा संचालन क्रमश गर्दै जाने तथा सचेतनामुलक कार्यक्रमहरुको माध्यमवाट आम सरोकारवालाहरुमा नदीको बढ्दो प्रदूषण प्रति चासो र चिन्ता जगाउदै आएको छ । गर्दाखेरी हुदोरहेछ भन्ने उदाहरण वाग्मती सफाइ महाअभियानले दिएको छ ।

यसमा तपाइको मत