राष्ट्रिय ट्रमा सेन्टरलाई सुविधायुक्त बनाउने प्रतिबद्धता

काठमाण्डौ, ३० असोज । राष्ट्रिय ट्रमा सेन्टरलाई सुविधायुक्त बनाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले प्रतिबद्धता व्यक्त गरेका छन । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको बताए । डा. यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताएका छन । देश संघीयतामा गैसकेकाले त्यहीअनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागिपरेको राज्यमन्त्री यादवको भनाइ छ । उनले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि बताए । राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको बताए । उनले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको स्पष्ट पारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *