महिला प्रहरीमाथि यौन दुब्र्यवहार गर्ने सई पक्राउ


बाँके, ३० असोज । महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) बमबहादुर राना पक्राउ परेका छन् । नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुब्र्यवहार भएको भन्दै उजुरी परेपछी राना पक्राउ परेका हुन । आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुब्र्यवहार भएको प्रहरीमा उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए । असोज २६ गते आफूमाथि बलात्कार भएको बेहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको डिएसपी सिंहले बताए । असोज २७ गते जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका प्रहरी नायब निरीक्षक राना र पीडित युवती नाताले साली भेना हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *