अष्टे«लिया र स्पेनका लागि राजदूत नियुक्त

काठमाडौं, २८ असोज । अष्टे«लिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनिहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थिती थियो । यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको थियो । संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा महेशलाई अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश गत असोजमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए । अध्यक्ष प्रचण्डले नवप्रवेशी महेशलाई उचित भूमिका दिने त्यसबेला बताएका थिए । तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *