हुण्डी कारोबारमा संलग्न १ जना पक्राउ


काठमाडौं, २८ असोज । हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका–४ को कन्चनबारी चोकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका(३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् । रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १र१ थान लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *