अखिल नेपाल फुटबल संघद्वारा नेपाली टिम सार्वजनिक

काठमाडौं, १४ असोज । अखिल नेपाल फुटबल संघले मंगलबार नेपाली टिम सार्वजनिक गरेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको हो । जसमा यसपटक चाइनिज ताइपेईविरुद्धको खेलमा २ खेलाडी परिवर्तन गरिएको छ । अखिल नेपाल फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन । नेपाली टिममा गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ रहेका छन । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल रहेका छन । मिडफिल्डर स् सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द रहेका छन । स्ट्राइकरमा विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ रहेका छन । यसपटक पनि टिममा पूर्व कप्तान विराज महर्जनलाई स्थान दिइएन । नवयुग श्रेष्ठ ताइपेइविरुद्धको खेलमा स्वास्थ्यका कारण आराम गरेका थिए । अष्ट्रेलिया जानका लागि स्ट्राइकर विमल घर्तिमगर नेपाल फर्किसकेका छन् भने रोहितले इन्डोनेसियाबाट नै सिड्नी प्रस्थान गर्ने बताइएको छ ।नेपाली टिम भोलि अष्ट्रेलिया प्रस्थान गर्नेछ । नेपालको कप्तानी किरण चेम्जोङले नै गर्नेछन् । नेपालले अक्टोबर १० ताखिरमा अष्ट्रेलियाविरुद्ध क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि नेपाली टिमले जोर्डनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *