फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई दुई पदक

काठमाडौं, १४ असोज । एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई दुई पदक प्राप्त भएको छ । च्याम्पियनसिपमा नेपालकी रजनी श्रेष्ठले सोमवार रजतसहित दुई पदक जितेकी हुन । इन्डोनेसियाको बाताममा भएको प्रतियोगतामा श्रेष्ठले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्षमाथिको इभेन्टमा कास्य पदक जितेकी हुन् । पहिलो अन्तर्राष्ट्रिय सहभागितामा पदक जितेकी ३६ वर्षीया श्रेष्ठ एक छोराकी आमा हुन् । उनले ५५ केजी तौल समूहमा भियतनामकी तोन होया खान लानलाई हराएकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमा रजत जितेकी श्रेष्ठलाई राजेशबाबु श्रेष्ठले डेढ लाख रुपैयाँ नगद पुरस्कार दिने भएका छन् । उद्योगी राजेशबाबु एशिया शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको समेत उपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *