हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

पर्सा, १४ असोज । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बाबु छोरालाई पक्राउ गरेको हो । पर्सा प्रहरीले सोमबार वीरगंज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि सडकमा चेकजाँच गर्ने क्रममा ना. ४९ प ६८२४ र ना.५७प नम्बरको छुट्टाछुट्टै मोटरसाइकलमा चढेर आइरहेका अवस्थामा बाबुछोरालाई श्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४५ वर्षिय आवाश अलि र उनकै २२ वर्षिय छोरा अस्ताक आलम रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १२ लाख ४ हजार ५ सय नेपाली रूपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरूले सो रकम कहाँबाट र के प्रयोजनका लागि कसरी ल्याइरहेका थिए भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *