संसद सचिवालयकी महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख महराद्वारा राजीनामा, आरोप झुट्टा ठहर


काठमाडौँ, १४ असोज । संसद सचिवालयकी एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन । उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष आफ्नो पदबाट मंगलबार राजीनामा बुझाएका हुन । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताएका छन । राजीनामापत्रमा उनले भनेका छन, विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’’ सभामुख महरामाथि संसद सचिवालयकी एक महिलालाई यौन दुव्र्यवहारको आरोप लागेको छ । संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लगाएकी हुन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफूमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हुन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ । यसविषयमा सभामुख महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् । उनले आफुु ती महिलाको कोठामा समेत नगएको महराको दाबी छ । आफू आइतबार बेलुका घरैमा रहेको समेत उनले दाबी गरेका छन् । महरामाथि लागेको ‘जवरजस्ती करणी’को आरोप गलत भएको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बताएकी छन् । उनले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको दावी समेत गरेकी छन् । शाहीले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन् .’ शाहीले भनिन, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो ।’

यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो ।
यस्तै, सभामुख महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको थियो । प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका गिए । नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा महराको ‘कमजोरी’ देखिएको भन्दै उच्च ओहदामा रहेका व्यक्तिले माथि प्रश्नउठिसकेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको थियो । बैठकलगत्तै नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
यसैबीच महराको सचिवालयले पनि आरोपको खण्डन गरेको छ । ‘सम्माननीय सभामुख महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता, सभामुख महरा प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको काठाबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बताएको छ । सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *