तेस्रो ख्वप्रिङ्ग कप आमन्त्रित तेक्वाण्डो प्रतियोगिता सम्पन्न

टिम फस्ट

राजेन्द्र पुरी
काठमाडौ । राष्ट्रिय तेक्वाण्डो संघ, नेपाल अन्र्तगत ख्वाप्रिङ्ग राष्ट्रिय तेक्वाण्डो डोजाङ्ग द्वारा आयोजित तेस्रो ख्वप्रिङ्ग कप आमन्त्रित तेक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारामा आयोजित उक्त प्रतियोगिता ख्वाप्रिङ्ग राष्ट्रिय तेक्वाण्डो डोजाङ्गमै गत असोज १२ र १३ गते भएको थियो । उक्त प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काष्य ल्याई चन्द्रागिरी तेक्वाण्डो डोजाङ्ग टिम फस्ट भएको छ भने आयोजक टिम ख्वाप्रिङ्ग राष्ट्रिय तेक्वाण्डो डोजाङ्ग टिम सेकेण्ड भएको छ भने धादिङ डोजाङ्ग टिम थर्ड भएको छ । त्यस्तै उत्कृष्ट खेलाडि महिला तर्फ चन्द्रागिरी डोजाङ्गकी खेलाडी रचना कुमाल भएकी छिन् भने उत्कृष्ट खेलाडि पुरुष तर्फ धादिङका खेलाडी भएका छन् । उक्त प्रतियोगिता भक्तपुरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *