मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम


चितवन, १२ असोज । विद्यार्थी, अभिभावक र नागरिक समाजले चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो । फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि अझै फिर्ता गर्न कलेजले पहल नगरेपछि विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका हुन् । १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो । अहिलेसम्म भर्पाइ दिने र लिइएको बढी शुल्क फिर्ता गर्नेतर्फ कलेजले आलटाल गरेपछि विद्यार्थी र अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका हुन् । सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *