दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै गएको पौडेलको आरोप काङ्ग्रेसका कार्यकर्तालाई एक ढिक्का हुन आग्रह


काठमाडौं, १२ असोज । दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै गएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आईतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको उनले आरोप लगाए । काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै उनले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिए । वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्दै जनसमुदायमा घुलमिल गराउनुपर्नेमा जोड दिईन । त्यस अवसरमा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै काङ्ग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन ।
यसैगरी, नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए । ‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिनदहाडै ज्यान लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु । यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ’ उनले भने । थापाले अघि भने ‘सरकार कानुन बनाएर स्वतन्त्रता खोस्दैछ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’ शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *