ज्ञानेन्द्र शाही माथि निर्घात कुटपिट

ज्ञानेन्द्र शाही माथि निर्घात कुटपिट
चितवन, ११ असोज । आफूलाई भष्ट्राचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही माथि निर्घात कुटपिट भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानका शाहीमाथि चितवनको चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढ्ने बेलामा उनीमाथि कुटपिट भएको हो । कुटपिटबाट घाइते उनलाई प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल लगेको छ । आक्रमणबाट घाइते शाहीको चितवन मेडिकल अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि उनलाई विमानबाट काठमाडौं ल्याइएको छ । अभियानले चितवनको चौबिसकोटीमा शनिबार खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । घटजनमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ । खबरदारी सभामा अभिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *