असोज ५ गते नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, ४ असोज । असोज ५ गते नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । एएफसी यू १६ को समूह चरणमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको हो । यसैगरी
गएराति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको छ । जोर्डनको मोहम्मद प्रिन्स रंगशालामा भएको समूह ’ए’ को खेलमा नेपालले ताजकिस्तानसँग लज्जास्पद हार ब्यहोरेको हो । ताजकिस्तानका लागि मोहमदभोरिस सैदअलिबले ह्याट्रिक गरेका थिए । ताजकिस्तानले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ३ गोल गरेको थियो । यो नेपाल विरुद्ध जित निकाले संगै ताजकिस्तान अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ भने नेपाल तालिकाको चौथो स्थानमा छ । यो पराजयसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । ३ खेल खेलेको नेपालले १ खेलमा बराबरी र २ खेलमा पराजय भोग्यो। नेपालले कुवेत र ताजकिस्तानसँग समान ७–० ले पराजित भयो । यस्तै कुवेतसँग १–१ को बराबरीमा रोकियो।अंकतालिकामा ३ खेल खेलेको ताजकिस्तान शत प्रतिशत जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान ३ खेलनै खेलेर २ जित र १ बराबरी गरेको जोर्डन तालिकाको दोस्रो स्थानमा छ । यस्तै ४ खेल खेलेर १ जित, २ बराबरी र १ पराजय भोगेको कुवेत तालिकाको तेस्रो स्थानमा छ। यता ३ खेल खेलेको नेपाल १ बराबरी र २ पराजयसँगै चौथो स्थानमा छ । त्यस्तै जितबिहीन श्रीलंका तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *