संविधान जलाउने ३ जना पक्राउ

काठमाण्डौ, ४ असोज । थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले संविधान जलाएको आरोपमा पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
यसैगरी प्रदेश २ का सरकारी कर्मचारीले संविधान दिवसको अवसरमा प्रभातफेरी गरेर औपचारिकता निभाए । मन्त्रीहरु कालो दिन भन्दै विरोध कार्यक्रममा सहभागी भए । मुख्यमन्त्रीले विरोध गरे । अनि सत्तारुढ दलका कार्यकर्ताले नै संविधान जलाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *