किर्गिस्तानसँग नेपाल पराजित

काठमाडौं, ४ भदौ । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमै नेपाल पराजित भएको छ । मंगलबार लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा घरेलु टिम नेपाललाई किर्गिस्तानले ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट प्रतिस्पर्धात्मक रहे पनि नेपाल बाँकी २ सेटमा फिक्का देखियो । नेपालले पहिलो सेट २३–२५ ले किर्गिस्तानलाई सुम्पिएको थियो । दोस्रो सेटमा नेपाल २५–२२ ले पराजित भयो । लगातार दुई सेट गुमाएपछि दबाबमा आएको नेपालले तेस्रो सेटमा पनि सुधार ल्याउन सकेन । नेपाल तेस्रो सेटमा २५–२२ ले पराजित भयो । खेलमा नेपाल सर्ट, ब्लक र रिसिर्भ तीनै क्षेत्रमा कमजोर देखिएको थियो । नेपालले पाएका अधिकांस अंक किर्गिस्तानको गल्तिबाट प्राप्त भएको थियो । अब नेपालले सेमिफाइनलमा स्थान पक्का गर्न बुधबार हुने माल्दिभ्सविरुद्धको खेल जित्ने पर्नेछ । समूहमा तीन टिम मात्र रहेकाले नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने बाध्यता परेको हो ।नेपाली टिमा इमबहादुर राना (कप्तान), हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द, ईश्वर थापा मगर रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *