एनसेलको टावरमा आगजनी


दाङ, ४ भदौ । अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *