सिंहदरबारभित्रै कर्मचारीद्वारा आत्महत्या


काठमाडौं, ४ भदौ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारभित्रै आत्महत्या गरेका छन । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन’ भन्ने समेत लेखेका छन् । उनको शवसँगै बिषको बट्टा पनि फेला परेको महानागरीय प्रहरी सुरक्षा गण सिहंदरबारका प्रहरी निरीक्षक दीपक मग्रान्तीले जानकारी दिए ।’बिषको बट्टा भेटिएको छ । सँगै केरा पनि भेटिएको छ,’ । उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ ।उनको शव भेटिएको ठाउँमा सेल्फसका ट्याब्लेट्सहरु भेटिएको प्रहरीले जनाएको छ । सेल्फस किटनाशक बिषादी हो जसले ’मल्टीअर्ग्यान फेलियर’ गराउँछ । नेपाली बजारमा यो क्विकफोस या सेल्फोसका नामबाट निर्वाध रुपमा बिक्रीवितरण हुने गर्छ । मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *