राजसंस्था र हिन्दू राष्ट्रको लागि संघर्ष गर्नुको विकल्प छैन ः डा. लोहनी


काठमाडौं, २९ साउन । देश खतम पार्ने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन । राप्रपा (संयुक्त) सम्वद्ध स्वतन्त्र बुद्धिजीवि मञ्चले मंगलबार आयोजना गरेको‘नेपालको विकास र संमृद्धिका लागि समाजवादी अर्थनीति कि लोककल्याणकारी उदार अर्थव्यवस्था?’विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै डा. लोहनीले
देशमा समाजवादको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् । नेपालमा समाजवाद छैन। होली वाइनको लुटपाट छ । समाजवादको विकृत प्रयोग गर्नेले माक्र्सको मानमर्दन गरेका छन् । होली वाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ, नेपाल बुढाबुढीको देश बन्दैछ । उदारवाद नीति कतै छैन अनि कसरी विदेशीले नेपालमा लगानी गर्छन् । त्यसैले अब संघर्ष बाहेकको विकल्प छैन,’ लोहनीले भने । अर्का अध्यक्ष पशुपति शम्शेर राणाले नेपालको आर्थिक अवस्था डरलाग्दो रहेको दाबी गरे । भने, ’नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ । यसमा मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसैकारण वैदेशिक लगानीमा कमी आएको हो । वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व लगानी गरिने संभावित देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्छन् । नेपालको त संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखिएको छ ।’संविधानमा समाजवाद उन्मुख भन्ने शब्द राखेसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नआउने उनको तर्क थियो । परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रीत रहेको आरोप लगाए । भने, ’चावहिल–वौद्ध तीन किलोमीटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौं । रेलमार्गसँग आवश्यक सुरक्षा, व्यवस्थापन, अध्यागमन जस्ता महत्वपूर्ण पक्षबारे कतै चर्चा र तयारी छैन । नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस् भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटीलताका कारण देश छोडेर गएका छन् । हामी व्यावहारिक हुन नसक्दा नेपालको समृद्धि र र विकास दिवास्वप्ना साबित भएको छ ।’ त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र विभागका पूर्वप्रमुख प्रा. सुबोध नारायण झाले देशमा सरकार नै नभएको अवस्थामा असाधारण परिवर्तन आवश्यक रहेको बताए । व्यवस्थापन विज्ञ शिव अधिकारीले अर्थतन्त्र, व्यापार घाटा भयावह रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *