श्री लालीगुराँस सहकारीले डुबाएको आरोप

काठमाडौं, १९ साउन । श्री लालीगुराँस सहकारीले डुबाएको आरोप एक ऋणीले लगाएका छन् । ललितपुर, पुल्चोकमा रहेको श्री लालीगुराँस सहकारीले आफूलाई डुवाएको ऋणी केशव पुरीले आरोप लगाएका हुन् । पुरीले २०६७ सालमा श्री लालीगुराँस सहकारीबाट १ करोड ९० लाख ऋण लिएका थिए । उनले पटक पटक गरेर २ करोड २० लाख ऋण तिरेका थिए । सहकारीले करिव ९ वर्षमा १ करोड ९० लाखको सावा व्याज गरेर १३ करोड पु¥याएको छ । पुरीको करिव ४० करोड बराबरको सम्पत्ति सहकारीले जफत गरेर पनि अझै पुगेन भन्दै साउन १३ गते निस्किएका कान्तिपुर, नागरिक, नयाँ पत्रिका, अन्नपूर्णपोस्ट, राजधानी, नेपाल समाचार पत्र, आर्थिक दैनिक लगायत सबै दैनिक पत्रिकामा पुरीको बदनाम गर्ने नियतले फोटो छापिएको छ ।
सामान्यतया सम्पत्ति लिलामीबारे सुचना निकाल्दा सबैजसो वित्तिय संस्थाहरुले एउटा दैनिक पत्रिकामा सूचना निकाल्ने गरेका छन् । पुरी दम्पत्तिको सम्पत्ति लिलामी गरिसकेको र लिलामीबाट पनि नपुगेर बाँकी रहेको रकम असुल उपर गर्न सूचना जारी गर्नु सहकारीको बदनियत भएको पीडित पुरीले आरोप लगाएका छन् । सायद सहकारीहरुको यस्तो लुट रोक्नको लागि होला सरकारले भर्खरै मात्रै सहकारीले लिने व्याजमा नियन्त्रण गरेको छ । अब देखि सहकारीले १६ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *