१३औं साग मंसिर १५ देखि २४ गतेसम्म हुने

काठमाडौँ, १५ साउन । १३औं साग मंसिर १५ देखि २४ गतेसम्म नेपालको दुई प्रमुख शहर काठमाडौं र पोखरामा हुँनेभएको छ । आगामी मंसिरमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुने भएको छ । तेस्रो पटक मिति तय भएको १३औं साग मंसिर १५ देखि २४ गतेसम्म नेपालको दुई प्रमुख शहर काठमाडौं र पोखरामा हुँदैछ । त्यसैका लागि गत चैत–बैशाखमा नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिए । सिलवालका अनुसार बिहीबारदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको पूर्ण तथ्यांक नआएको तर एक हजार देखि १२ सय सम्म खेलाडी बन्द प्रशिक्षणमा रहनेछ ।
उनले केही खेलका खेलाडीहरुलाई देश भित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको बताए । बन्द प्रशिक्षणमा पहिलो चरणमा मेडल जितेका खेलाडीहरुलाई बोलाइएको पनि बताए । यस्तै निवर्तमान सदस्यसचिव केशव कुमार विष्टले १३औं सागअघि राखेप च्याम्पियनसिप गर्ने बताएका थिए । तर साग आउन अब करिब ४ महिना मात्र बाँकी रहेको अवस्थामा राखेपले उक्त च्याम्पियनसिप नगर्ने सम्भावना बढेको छ । साग तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो । १३औं सागमा विभिन्न २७ खेल समावेश हुनेछ । जसमा नेपालबाट ६ सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन, ३ सय ३० पुरुष र ३ सय १४ महिला खेलाडी हुने छन । यस्तै उक्त खेलहरुको बन्द प्रशिक्षण हुने स्थानको समेत लगभग टुंगो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *