महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको २९ औं एक्सटेन्सन काउण्टर 

काठमाडौं, साउन ५ । ग्लोबल आइएमई बैंक लिमिटेडले महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर सुरु भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन २९ औं काउण्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गर्नुभएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटन सँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ । उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी गराउनुभयो ।

ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर कामगर्ने बताउदैं प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १३८ शाखा, १४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १६८ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *