लौरो उपहार कार्यक्रम सम्बन्धी सामाग्री

तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाले ‘जेष्ठ नागरिक निशुल्क उपचार, गाउँपालिका लौरो उपहार’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सञ्चालनका लागी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गाउँकार्यपालिका सदस्य, वडा सदस्यहरुको नेतृत्वमा स्वास्थ्यकर्मी सहित टोली गठन गरि गत असार १ गते देखि ६ गतेल सम्म सन्चालन भएको थियो । छथर गाउँपालिकाको चाहाना, शु(स्वस्थ्य र दिर्गायुको कामना भन्ने मुल नाराका साथ गाउँपालिका भित्र ६७८ जना जेष्ठ र अपाङ नागरिकहरूलाइ घरैमा स्वास्थ्य जाँच गरीऔषधी बितरणका साथै लौरो उपहार दिइएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । आर्थीक बर्ष २०७५÷७६ मा १० लाख रुपैयाँ रकम बिनीयोजि भएको रकमबाट स्वास्थ्य शाखाको सहजिकरणमा कार्यक्रम सञ्चालन गरीएको प्रबक्ता राजन नेपालीले बताउनु भयो । आगामी बर्षहरूमा पनि नदोहोरीने गरी थप समुदायलाइ समेत समेट्दै यस्ता अभियानलाइ प्राथमिकतामा राखेर कार्यक्रम संचालनमा ल्याइने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताउनु भयो । गाउँपालिकामा गत असार १ देखि ६ गते सम्म लक्षित नागरिकले लौरो उपहार लिन छुट नागरिकले यहि असार १५ गते सम्म सम्बन्धित वडा वा स्वास्थ्य चौकी मार्फत् लिन मिल्ने कुरा स्वास्थ्य शाखाका हेल्थ असिष्टेण्ट सन्जित रसाइलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *