प्रधानमन्त्री ओली–प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीबीच बुधबार भएको छलफल अनुसार काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रचण्डले बिहीबार छलफल गरेका छन । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको बताइएको छ । केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा शान्ति प्रक्रियाका वाँकी कामलाई टुंगोमा पु¥याउन उच्चस्तरीय राजनीतिक समझदारीका साथ अघि बढ्ने कुरामा सकारात्मक छलफल भएको स्रोतले बताएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधबार भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने बारेमा छलफल भएको छ । यस्तै नँया सझदारीका साथ अगाडि बढ्ने र पार्टी एकताका वाँकी काम टुंगाउने सहमति भउको छ ।
पूर्व एमाले निकट नेकपा स्थायी कमिटीका एक नेताका भन्छन, ‘बाहिर मिडियामा आए जस्तो दुई अध्यक्षको सम्बन्ध बिग्रेको भन्ने होईन । केही अविस्वास बढेको होला तर अस्ती (बुधबारको) को भेटमा दुई अध्यक्ष मिलेर जाने र पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको छ ।’पूर्व माओवादी निकट एक नेता भन्छन, ‘तत्कालको लागि वैचारिक बहस थाती राखेर पार्टी एकतालाई टुंगाउने समझदारी भएको छ ।’
तर, मन्त्री हेरफेरको प्रशंगमा यि नेताका अनुसार तत्काल त्यस्तो संभावना नरहेको र बजेटपछि आवश्यक परेको खण्डमा मात्रै मन्त्रीहेरफेर गर्ने अध्यक्षद्वयकोबीचमा आन्तरिक सहमति भएको बताए । दुई अध्यक्षको सहमति अनुसार नेकपामा पछिल्लो समय देखिएको वैचारिक बहसको विवाद तत्काललाई थाँती राखिएको छ । पूर्व सहमति अनुसार कतिपय राजनीतिक विचार र मान्यतालाई छलफलमा लग्नेगरी तत्कालका निम्ति ‘जनताको जनवाद’ राख्ने सहमति भएको थियो । ति नेताका अनुसार प्रधानमन्त्री ओली प्रतिवेदनमा ‘जनताको जनवाद’ लेख्न सहमत भएका छन् । अध्यक्षद्वयको समझदारी अनुसार अव राजनीतिक प्रतिवेदनमा केही दिनमा प्रकाशित हुने भएको छ । पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो । नेकपाका नेता कार्यकर्ता दुई कित्तामा बाँडिएका थिए । प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार बाहिर मिडियामा आए जस्तो विवाद अध्यक्षद्वयबीचमा नभएको बताए । बाहिर मिडियाले विवाद भएजसरी प्रचार गरेको भन्दै उनले भने, ‘अवस्था त्यस्तो थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *