आज एसईईको नतिजा प्रकाशन हुने

 

काठमाण्डौ, ११ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले कुनै प्राविधिक त्रुटि नभए आज बेलुकीसम्म र प्राविधिक त्रुटि आए भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । यसवर्ष देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *