भारतीय बाँधको कारण नेपाली भूभागका सय बढी घर डुवानमा

नेपालगञ्ज,९ असार । भारतीय बाँधको कारण नेपाली भूभागका सय बढी घर डुवानमा परेका छन । एक दर्जन गाउँका सय बढी घरहरु डुवानमा परेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले बताएका छन । भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँध कारण नेपाली भूभाग डुवानमा परेका हुन । केहीदिनदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरु डुवानमा परेका हुन् । पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरु डुवानमा परेका हुन । भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका सय बढी घरहरु डुवानमा परेको हुन । अध्यक्ष शाहका अनुसार, नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरु डुवानमा परेका छन् । यी गाउँका सय बढी घरहरु डुवानमा परेको र एक दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाले जानकारी दिए । वर्षाले पुल, कल्भर्टको दुवैतिर कटान गरेको छ । पानी घरभित्र पसेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका इन्चार्ज वीरेन्दवीर विश्वकर्माले बताए । गाउँपालिकाको वडा नं. १, कटकुइयास्थित वडा कार्यालयमा पानी पसेको छ । गाउँपालिकाका अध्यक्ष शाहको टोलीले बाढीप्रभावित ठाउँको अवलोकन गरेको छ । भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले नेपालगञ्जको पानीको निकास पनि रोक्ने गर्दछ । लामो समय पछि पानी परेकाले अहिले जमिनले पानी सोसेपनि निरन्तर वर्षा हुँदा यहाँको पानीको निकास भारततिर हुँदै आएको छ । त्यतिबेला भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले पानीको प्राकृतिक वहाव रोकिदिएर नेपालगञ्जसमेत डुवानमा पर्ने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *